
काठमाडौं, २९ मंसिर । सरकारको कार्यशैलीको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गर्यो ।
खासगरी कांग्रेसले कम्युनिष्ट सरकारको सर्वसत्तावादी कार्य, भ्रष्टाचारी एवं अकर्मण्य व्यवहारको विरोध गरेको जनाएको छ ।
त्यस्तै सरकारले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार गरेको, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाही गरेकोलगायत मुद्दाहरुको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको जनाएको छ ।
आजको प्रदर्शनलाई विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै कांग्रेसले सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई यसअघि आह्वान समेत गरेको थियो ।
त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीका समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न र गराउनसमेत आग्रह गरेका थिए ।
कांग्रेसले प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा नलिन सरकारलाई आग्रह गरेको छ । उसले अब संसद् र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने पनि स्पष्ट पारेको छ ।
सोमबारको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको कांग्रेसले बताएको छ ।
काठमाडौंमा भएको प्रदर्शनका केही तस्वीरहरु हेर्नुहोस्–

यो पनि पढ्नुहोस्















प्रतिक्रिया