२ कार्तिक २०८३, सोमबार

‘पाउमा पाउजु छमछमी’को म्यूजिक भिडियो सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित गायक तथा संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीतमा निर्माण भएको गीत ‘पाउमा पाउजु छमछमी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित गायिका मेलिना राईले गाएको उक्त गीतको भिडियोमा सपना खड्का, सिम्रन पौडेल, अञ्जु बिश्वकर्मा र मालिक शाहीलाई फिचरिङ गरिएको छ ।

मुकेश हुमागाईंको छायाँकन, बिनोद बमको सम्पादन तथा दिपेन्द्र पौडेलको लगानी रहेको भिडियोको निर्देशन प्रितम पौडेलले गरेका हुन् ।

हेर्नुहोस् भिडियो–