
काठमाडौं, २९ मंसिर । काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३२ तीनकुनेमा आइतबार राति बा. ३३ प २४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं जडिबुटी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ का २२ वर्षीय भुवन कटुवालको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका काठमाडौं जडिबुटी बस्ने सिन्धुपाल्चोक शेराङ गाउँपालिका–७ का २१ वर्षीय आशिष नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया