
नुवाकोट, २९ मंसिर । नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक ७० वर्षीय पुरुषद्वारा १३ वर्षकी एक बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा बेलकोटगढी नगरपालिका–४ डाँडाखर्कका ७० वर्षीय केदारबहादुर बाँस्कोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बाँस्कोताले ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
बलात्कारको सूचना प्राप्त भएपछि प्रहरी चौकी झिल्टुङ तिनपित्लेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया