२ कार्तिक २०८३, सोमबार

अमेरिकामा आजदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन शुरू

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन, २९ मंसिर । अमेरिकामा आज सोमबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

त्यहाँको खाद्य तथा औषधि विभाग एफडीएले अनुमति दिएसगै कोभिड–१९ विरुद्धको खोपको पहिलो अभियान शुरु गरिएको हो ।

अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउन शुरु गरिएको जनाइएको छ । अधिकारीहरुले पहिलो चरणमा खोपको तीस लाख डोज लगाइने बताएका छन् ।

यसका लागि देशका विभिन्न सय स्थानमा रहेका खोप केन्द्रहरुमा खोप पुर्‍याइसकिएको जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्ने छ ।

अमेरिकाले पहिलो चरणमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप लगाउने बताएको छ ।

कोभिड–१९ को संक्रमण शुरु भएको एक बर्ष पुग्दा विभिन्न मुलुकहरुमा भाइरस विरुद्धको खोप निर्माण र लगाउन शुरु भएको छ । गत हप्ता मात्रै बेलायतमा पनि खोप लगाउन शुरु गरिएको थियो । एजेन्सी