२ कार्तिक २०८३, सोमबार

४ दिनपछि १०० रुपैयाँ घट्यो सुनको प्रतितोला मूल्य, कतिमा हुँदैछ कारोबार ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

गत बिहीबारयता स्थिर रहँदै आएको सुनको मूल्यमा आज भने केही कमी आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँ गिरावट आएको हो ।

महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा छापावाल र तेजाबी सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९५० कायम गरिएको छ ।

अघिल्लो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ५० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने सोमबार पनि स्थिर छ । महासंघका अनुसार सोमबारका लागि पनि चाँदीको १ हजार २०० रुपैयाँ नै कायम गरिएको छ ।