आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्दै

दैनिक नेपाल २०७७ मंसिर २९ गते ११:४६

काठमाडौं, २९ मंसिर । नेपाल राष्ट्र बैङ्कले आज सोमबार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउन बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल विक्री गर्न लागेको हो । कुल ४ अर्बको ट्रेजरी बिल ९१ दिनका लागि विक्री गर्न लागिएको हो ।

ट्रेजरी बिल सोमवार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्री गरिने छ भने यो बिल आउँदो चैत ३ गते परिपक्व हुने छ ।

यस्तै दुई अर्बको ट्रेजरी बिल भने ३ सय ६४ दिनको रहेको छ । यो बिल २०७८ मंसिर २८ गते परिपक्व हुने छ ।

बैङ्कले यसअघि मंसिर २२ गते पनि १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित