
काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।
सरकारले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार गरेको, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाही गरेकोलगायत मुद्दाहरुको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
आजको प्रदर्शनलाई विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान समेत गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीका समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न र गराउनसमेत आग्रह गरिसकेका छन् ।
साथै कांग्रेसले प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको दाबी गर्दै अब संसद् र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने स्पष्ट पारेको छ । आजको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको कांग्रेसले बताएको छ ।















प्रतिक्रिया