२ कार्तिक २०८३, सोमबार

रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २९ मंसिर । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा रियल सोसिडाड र इबरले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि सोसिडाडले एथ्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । सोसिडाडले पहिलो हाफमा अग्रता बनाएको थियो तर इबरले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो ।

सोसिडाड र एथ्लेटिको मड्रिडको समान २६ अंक छ तर गोल अन्तरका आधारमा सोसिडाड शीर्ष स्थानमा छ ।