गोठादी, २९ मंसिर । तनहुँ जिल्लाको रिसिङ्ग गाउँपालिका–६, गोठादीको श्री श्रृङ्ग माध्यामिक विद्यालयमा खानेपानी आपूर्तिका लागि टंकी निर्माणको काम शुरु भएको छ ।
जिल्ला आयोजना कार्यन्वयन ईकाई, दमौलीको आयोजनामा कार्यक्रम शुरु गरिएको हो । जिल्ला आयोजना कार्यन्वयन ईकाई, तनहुँको ८ लाख १६ हजार ९ सय २२ रुपियाँमा निर्माण हुने खानेपानी आयोजनाले विद्यालयमा भएको खानेपानीको समस्यालाई पुरा गर्ने विद्यालय व्यवस्थापन समितिले विश्वास गरेको छ ।
सम्झौता गरेर तिव्रताका साथ निर्माणको काम भइरहेको समितिका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए ।
विद्यालयमा १७४ जना विद्यार्थीले शिक्षा लिइरहेको छन् । विद्यालयको प्राङ्गणमा बन्दै गरेको खानेपानी आयोजनको काम ५० प्रतिशत सम्पन्न भइसकेको विद्यालयको प्रधानाध्यापक टंकबहादुर थापाले जानकारी दिए ।
















प्रतिक्रिया