धनगढी, २९ मंसिर । प्रहरीले धनगढीका शैलेस अवस्थलाई पक्राउ गरेको छ ।
धनगढी उप–महानगरपालिका–३, त्रिनगरका १९ वर्षीय अवस्थीलाइ सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्रसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले भारतको मिजनौर धामपुरका २५ वर्षीय मोहम्द आशिकलाई एक हजार रुपियाँ लिएर नेपाल प्रवेश गराएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवस्थीर्ले भारतीय नागरिकलाई गौरीफन्टा सीमा क्षेत्रको तारबारबाट नेपाल प्रवेश गराउँदै गरेको समयमा सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।
अवस्थीलाई प्रहरी चौकी पचकडियामा बुझाइएको छ । भारतीय नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएमबी)को जिम्मा लगाइएको छ ।















प्रतिक्रिया