१० कार्तिक २०८३, मंगलबार

नेतृत्वले पदको लागि नभई विचार र सङ्गठनलाई बलियो बनाउनुपर्छ: उपप्रधानमन्त्री पोखरेल 

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । मदन भण्डारी फाउण्डेसन रसुवा जिल्ला समितिको आयोजनामा काठमाडौंमा जिल्ला स्तरीय भेला सम्पन्न भयो ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य इश्वर पोखरेलको प्रमुख आथित्यमा फाउण्डेसनको भेला सम्पन्न भएको हो ।

राजधानीको धासासीस्थित बसुन्धारा बैंकेटमा आयोजना भएको कार्यक्रममा सहभागी हुनु भएका प्रमुख अतिथि उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले, यतिबेला नेकपा पार्टी विवादको कारण सङ्कटमा पर्दै गएको अवस्था भएकाले पार्टी एकताको मर्मअनुसार अघि बढ्न र बलियो पार्टी भएर अघि बढाउन नेतृत्वलाई सकारात्मक दवाव दिनु आवश्यक रहेको बताए ।

उनले भने, पार्टी एकताको मर्मअनुसार अघि बढ्नको लागि दवाव आवश्यक छ । उनले भने, ‘नेतृत्वले एकआपसमा वैमनस्य नराखी समृद्ध राष्ट्र निर्माणको लागि बलियो पार्टी बनाएर अघि बढ्न अपरिहार्य आवश्यकता छ ।’

कार्यक्रममा सहभागी हुँदै नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटि सचिव आनन्द पोखरेले, नेकपामा अहिले देखिएको विवाद्ले मुलुकलाई समेत असर पर्दै गएको बताए । उनले भने, ‘नेतृत्वले पदको लागि नभई विचार र सङ्गठनलाई बलियो बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ ।’

यस्तै, कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार, डा.राजन भट्टराईले, पार्टीभित्र देखिएको विवाद्को कारण पार्टी नेतृत्वको सरकारले गरेको राम्रो र दीर्घकालिन महत्वको कार्यक्रमको उपलब्धी बाहिर प्रचार हुन नसकेको बताए ।

उनले भने, ‘केपी ओली नेतृत्वको वर्तमान सरकारले नेपालको राजनीतिक इतिहासमा उपलब्धीमुलक र जनपक्षिय काम गरेको छ । यसको प्रचार जनतासम्म गर्नु आवश्यक छ ।’

यस्तै, कार्यक्रममा सहभागी हुनुभएका नेकपा केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव इश्वरी रिजालले नेकपा पार्टी अहिलेको अवस्थामा अत्यन्तै जटिल अवस्थामा रहेको हुँदा नेतृत्वले विचार पुर्याउनुपर्ने बताए । उनले भने, पार्टीलाई गुटको आधारमा फाुटाउने तर्फ होइन, सबै एकजुट भएर अघि बढ्नु आवश्यक छ ।

मदन भण्डारी फाउण्डेसन रसुवा जिल्ला समितिका अध्यक्ष सुमन भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फाउण्डेसनका सदस्य एवम् बागमती प्रदेश सभा सदस्य शान्ति थिङले सञ्चालन गरेका थिए ।

कार्यक्रममाअतिथिहरूमा संविधान सभा सदस्य जनार्दन ढकाल, छोवाङ तेन्जिन तामाङ, नेकपा प्रदेश कमिटी सदस्य अशोक घिमिरे, जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुल प्रसाद भट्टलगायत निर्वाचित रसुवा जिल्लामा विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, नेकपा जिल्ला कमिटिका सदस्यहरु, मदन भण्डारी फाउण्डेसनका पदाधिकारीलगायत सयौं शुभेच्छुकहरू सहभागी भएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै, फाउण्डेसनका जिल्ला सदस्य सुरेश अधिकारीले पार्टीको वैचारिक कार्यदिशा र पार्टी नेतृत्वको सरकारले गरेको उपलब्धीमुलक कार्यको जानकारी तलसम्म पुर्याउनको लागि भेला आयोजना गरिएको बताए ।

उनले भने, ‘अहिले पार्टी सङ्कटमा परेको छ, यस्तो अवस्थामा सबै तहबाट नेतृत्वलाई दबाव दिएर एकजुट र सहमतिबाट अघि बढ्न सबैले पहल लिनुपर्छ ।’

नयाँ शक्तिबाटनिर्वाचित सदस्य नेकपामा प्रवेश

कालिका गाउँपालिका वडा नं. २ मा गत स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका वडा सदस्य कृष्ण बहादुर आचार्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेसनको जिल्लास्तरीय भेलाको अवसरमा निर्वाचित वडा सदस्य नेकपा प्रवेश गरेका हुन् । उनलाई उपप्रधान मन्त्री एवम् नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले खादा लगाएर नेकपा स्वागत गरेका हुन् ।