
काठमाडौँ, २८ मंसिर । प्रहरीले बहुमूल्य जडिबुटी यार्सा गुम्बासहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली दुधौली घर भएका २४ वर्षीय विशाल परियार, रामेछाप हिमगंगाका ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहतालका ५५ वर्षीय शेर बहादुर थापा र संखुवासभा चैनपुरका २२ वर्षीय हिमाल गुरुङ रहेका छन् ।
उनीहरुलाई अवैध रुपमा यार्सागुम्बाको खरिद बिक्रीको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको महानरगरीय प्रहरी परिसरले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ८ सय ६७ ग्राम यार्सागुम्बा बरामद गरेको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि प्रहरीले डिभिजन वन कार्यालय शात्तिसारको जिम्मा लगाएको छ ।















प्रतिक्रिया