
बागलुङ, २८ मंसिर । यसवर्षको ‘आदर्श विशेष सम्मान’ चर्चित गायक तथा सर्जक प्रकाश सपुत र सृजनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिने भएको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार उक्त सम्मान तथा पुरस्कारको घोषणा गरिएको हो ।
आदर्श सञ्चारले प्रदान गर्ने ‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई नगद २५ हजार रुपैयाँ राशी सहितको छ भने आदर्श सञ्चार सहकारीका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा स्थापना गरेको सृजनशील पत्रकारिता पुरस्कार नगद १० हजार रुपैयाँ राशीको हो ।
उक्त सम्मान तथा पुरस्कार निकट समयमै विशेष समारोहकाबीच प्रदान गरिने आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताइन् ।















प्रतिक्रिया