
काठमाडौँ, २८ मंसिर । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउ गरेका छन् ।
कमानसिंह लामा प्रकरणमा श्रेष्ठ मुछिएपछि आज बसेको स्थायी कमिटी बैठकमा समेत त्यसबारे छलफल भएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रवक्ता श्रेष्ठलाई अनवाश्यक रुपमा नमुछ्न आग्रह गरेका छन् ।
‘लामाको निधनबाट शोकाकुल र दुःखित भएको यस घडीमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ । त्यस्तो प्रचारमा नगर्न र नलाग्न अनुरोध गर्दछु’, प्रचण्डले बैठकमा भने ।
प्रवक्ता श्रेष्ठले दुई जनाबीच मिल्नुस् भनेको मात्रै आफूले बुझेको बताउँदै प्रचण्डले श्रेष्ठको बचाउ गरेका हुन् ।
बिहीबार लामाको निधन भएपछि अडियो र भिडियो सार्वजनिक भएको थियो । जसका आधारमा प्रवक्ता श्रेष्ठमाथि विभिन्न टिकाटिप्पणी हुन थालेको छ । यद्यपि श्रेष्ठले भने आफूले विवाद मिलाइदिन मध्यस्तता मात्रै गरेको स्पष्ट पार्दै आएका छन् ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली चाँहि श्रेष्ठको विषयमा मौन बसेका थिए ।















प्रतिक्रिया