२ कार्तिक २०८३, सोमबार

मुक्तिनाथ विकास बैंकद्वारा नयाँ ब्रान्ड मस्कट ‘मुक्तिभाई’ सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । मुक्तिनाथ विकास बैंकले नयाँ ब्रान्ड मस्कट ‘मुक्तिभाई’ सार्वजनिक गरेको छ ।

बैंकको लोगोको प्रतिकका रुपमा ‘मुक्तिभाई’नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको बैंकले बताएको छ । यो सँगै आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्रान्ड बनाएर आफ्नो विभिन्न सेवासुविधा तथा प्रडक्टहरुको प्रचारप्रसार गर्ने बैंकले बताएको छ ।

बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्वारा आइतबार संयुक्त रुपमा एक कार्यक्रममार्फत बैंकको मस्कट सर्वजानिक गरेका हुन् । कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको सो अवसरमा जानकारी दियो ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मालगायत कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको पनि जानकारी दिएको छ ।