आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

आइतबार पनि सुनचाँदीको मूल्य स्थिर

दैनिक नेपाल २०७७ मंसिर २८ गते १२:४०

काठमाडौं, २८ मंसिर । साताको पहिलो दिन नेपाली बजारमा सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ ।

यसअघि शुक्रबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको थियो । त्यसकारण आज आइतबार पनि गत बिहीबार निर्धारण गरिएको मूल्यमै सुन तथा चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ थियो भने मंगलबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि सोमबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

हप्ताको पहिलो दिन गत आइतबार भने प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

समग्रमा गत हप्ता सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

आज आइतबार यसैगरि चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित