
काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ ।
शनिबार दिउँसो खुमलटार पुगेका पोखरेलले अध्यक्ष प्रचण्डसँग करिव आधा घण्टा कुराकानी गरेका थिए ।
उनीहरुबीच के कुराकानी भयो भन्नेबारे भने केही खुलाइएको छैन । त्यस्तै, आइतबार विहान नेता सुवास नेम्बाङले पनि अध्यक्ष प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आइतबार नेकपा स्थायी कमिटीको बैठक बस्दैछ । सहमतिका लागि एक साताको समय पछि सारिएको थियो ।
चरम उत्कर्षमा पुगेको पार्टीको विवाद समाधानका लागि विभिन्न प्रयासहरु भए पनि हालसम्म ठोस निष्कर्ष निस्केको छैन । यही समयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भए पनि दुवै जना आआफ्नै अडानमा रहेकाले सहमति हुन सकेको छैन ।















प्रतिक्रिया