२ कार्तिक २०८३, सोमबार

अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाब दिएको बताइएको छ ।

एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रबारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो । हानले यसलाई असत्य भएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ ।

स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमबार वा मङ्गलबारबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन् । फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकेका छन् ।

गत बुधबार अमेरिकामा ३ हजार जनाभन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भएको छ जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु सङ्ख्या हो ।

बिहीबार एफडीएको विज्ञ समूहले आपत्कालीन प्रयोगका लागि खोपलाई स्वीकृति दिन सुझाएका थिए । २३ सदस्यीय समितिले खोपका जोखिमभन्दा फाइदा बढी भएको बताएका थिए ।

शुक्रबार ट्रम्पले ट्वीट गर्दै एफडीएलाई सुस्त कछुवाको संज्ञा दिएका थिए र लेखेका थिए– ‘डा. हान तुरुन्तै खोपलाई बाहिर ल्याउ । खेल्न छोड र जीवन रक्षा गर् ।’

वाशिङ्टन पोस्टले तीन स्रोतलाई उल्लेख गर्दै ह्वाउट हाउसका प्रमुख मार्क मिडोजले हानलाई शुक्रबार खोप स्वीकृत गर्न वा राजीनामा दिन निर्देशन दिएका थिए । बीबीसी