२ कार्तिक २०८३, सोमबार

फिफाद्वारा वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ मंसिर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीमा मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो । यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ।

लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए ।

रोनाल्डोले गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । लियोनल मेस्सीले पनि युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।