
काठमाडौँ, २६ मंसिर । विश्वराज पोखरेलले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दर्ज्यानी चिन्ह पाएका छन् ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट बढुवा भएका पोखरेललाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन् ।
मंसिर २५ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार पोखरेललाई एआईजीमा बढुवा गरेको थियो ।
बढुवा भएका पोखरेलले कार्य एवं अपराध अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक क्षेत्रीले एआईजी पोखरेललाई बधाई दिएका थिए भने प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका छन् ।
पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।















प्रतिक्रिया