१० कार्तिक २०८३, मंगलबार

मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा बढ्दैछ: मुख्यमन्त्री राई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २६ मंसिर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् ।

माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ भने ।

उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताए ।

सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाख भन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ । –रासस