आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

शुक्रबार सुनचाँदीको मूल्य स्थिर, सुनको मूल्य सातामा २०० रुपैयाँ घट्यो

दैनिक नेपाल २०७७ मंसिर २६ गते १४:४२

काठमाडौं, २६ मंसिर । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य आज स्थिर रहेको छ ।

बिहीबार कायम मूल्यमै शुक्रबार सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ थियो भने मंगलबार ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि सोमबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

हप्ताको पहिलो दिन आइतबार भने प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

समग्रमा यो हप्ता सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित