१० कार्तिक २०८३, मंगलबार

जग्गाको मालिक जनतालाई बनाउन प्रतिवद्ध छौँः खानेपानीमन्त्री मगर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २५ मंसिर । खानेपानीमन्त्री बीना मगरले वर्षौदेखि चलनभोग गर्दै आएको स्वामित्व नपाएको जग्गाको मालिक जनतालाई बनाउनका लागि काम अगाडि बढाइएको बताएका छन् ।

आज बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले चुनावमा गरिएको प्रतिबद्धताअनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन लागिएको बताए ।

वर्षौंदेखि थाति रहेको आरक्ष विस्थापित परिवारको पुनःस्थापनको कार्य अगाडि बढाउनका लागि पहल भइरहेको उनले बताए । “आरक्ष विस्तारका क्रममा सयौँ परिवार विस्थापनमा परेका छन् यसबारे जानकार छु”, उनले भने, “यस समस्यालाई गम्भीरतापूर्वक लिएको छु ।”

जिल्लाको विकासका लागि कटिबद्ध रहेको धारणा अघि सार्दै उनले विकासका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको बताए ।

भवन उद्घाटन कार्यक्रममा सहभागी नेकपा सुदूरपश्चिम प्रदेशका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले कार्यालय भवन निर्माणले प्रशासनिकसँगै विकास निर्माणका काम अगाडि बढाउन सहज हुने बताए ।

गाउँपालिकाको चारतले भवन रु सात करोडको लगानीमा निर्माण गरिएको छ । –रासस