२ कार्तिक २०८३, सोमबार

शान्तिपूर्ण मार्गमा आउन विप्लवलाई कांग्रेसको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ ।

व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन कांग्रेसले विप्लवलाई आग्रह गरेको हो । आज बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो आग्रह गरेको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मोरङमा बर्बर ढंगले गरिएको शिक्षक हत्याको कांग्रेस बैठकले घोर विरोध गरेको छ । घटनामा संलग्नलाई कारवाही गर्न कांग्रेसले माग पनि गरेको छ ।

हालै मोरङमा विप्लव समूहले एक जना शिक्षकको हत्या गरेको थियो । उक्त पार्टीले विज्ञप्तिसमेत निकालेर हत्याको जिम्मेवारी लिएको छ ।