
काठमाडौं, २५ मंसिर । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठले एक १६ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेका छन् ।
बलात्कार आरोपमा श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । श्रीकृष्णले ती किशोरीलाई ललाइफकाइ पटकपटक जबरजस्ती करणी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका युवालाई हिरासतमा लिई अनुसन्धान थालिएको परिसरले जनाएको छ ।















प्रतिक्रिया