काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई लिएर गरमागर्मी बहस चलिरहेका बेला नेता कृष्ण सिटौलाले आफू निकटका नेताहरूको बैठक बोलाएका छन् ।
सिटौलाले काठमाडौंस्थित आफ्नै निवासमा बिहीबार बैठक बोलाएको स्रोतले जनाएको छ ।
सिटौलाले आफू निकटका केन्द्रीय नेता, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई बैठकका लागि बोलाएका छन् ।
बैठकमा गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, शिव हुमागाइँ, उत्तम चापागाइँ, तारामान गुरुङलगायतलाई बोलाइएको छ । चापागाइँ हाल गृहजिल्ला भोजपुरमा छन् ।
कुन्दनराज काफ्ले, बलदेव तिमल्सिना, युवराज पाण्डेयलाई पनि बोलाइएको छ ।











प्रतिक्रिया