६ मंसिर २०८३, आइतबार

नेकपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत लामाको निधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।

कोरोना संक्रमण देखिएपछि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

उनले उपचारका लागि कोरिया जान विशेष राहदानीका लागि परराष्ट्रमा आवेदन दिएका थिए । उनी मिर्गौला रोगपीडित थिए । केही वर्षअघि उनको मिर्गौलाको क्यान्सरको उपचार भएको थियो ।

लामा काभ्रेबाट दुईपटक सांसदमा विजयी भएका थिए । उनी सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाका राजदूत थिए ।