
पाल्पा, २४ मंसिर । फेसबुकबाट परिचय भइ क्यानडा पठाइदिने भन्दै ठगी गर्नेलाई प्रहरीले फक्राउ गरेको छ ।
प्रहरीले भारत पश्चिम बंंगाल कलकत्ता बर्दमान घर बताउने ४९ वर्षीय शेख सम्सुर आलोन र ४२ वर्षीया रेनुका सारुलाई पक्राउ गरेको हो ।
पाल्पाको माथागडी गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. १६ मनमैजु बस्ने खिन्त बिर सारुले सामाजिक संजाल फेसबुकमार्फत अर्घाखाँची तिलगंगा वडा नं. १ तल्लोटोल बस्ने रेनुका सारुसँग चिनजान भई कुरा गर्दै जादाँ रेनुकाले क्यानडा पठाई दिन्छु भनी विश्वासमा पारी क्यानडाको भिषा लागेको भन्दै नक्कली प्लेन टिकेट देखाएर १४ लाख रुपैयाँ ठगी गरेर फरार भएकी थिइन् ।
केन्द्रीय अनुसन्धान महाशाखामा प्राप्त जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले मंसिर २३ गते साढे २ बजे काठमाडौँको सुन्धाराबाट मुख्य योजनाकार भनिने आलोन र सारुलाई प्रकाउ गरेको हो ।
साथै, महाशाखाले ति पक्राउ परेकाहरुले अन्य तिन जना व्यक्तिहरुबाट १२ लाखको दरले रकम उठाई ठगी गरेको भन्ने बुझिन आएको भन्दै उनीहरुबाट अन्य कोही ठगी भएको भने सम्पर्क गर्न आग्रह गरेको छ ।















प्रतिक्रिया