
काठमाडौँ, २४ मंसिर । बिहीबारबाट सदर चिडियाखाना खुल्ने भएको छ ।
कोरोनाका कारण करिब ९ महिनादेखि बन्द चिडियाखाना भोलिदेखि खुल्ने भएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खुल्न थालेपछि औपचारिक रुपमै सदर चिडियाखाना जवालाखेल खुल्ने भएको हो ।
तर चिडियाखानामा एक पटकमा ७ सयदेखि ८ सय जनासम्म दर्शक मात्रै प्रवेश पाउने भएका छन् ।
त्यस्तै, दर्शकहरुले प्रवेश गरेको २ देखि साढे २ घण्टाभित्र बाहिर निस्किसक्नु पर्नेछ । त्यस्तै, चिडियाखानाभित्र प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्नेछ ।















प्रतिक्रिया