
काठमाडौँ, २४ मंसिर । सिरहामा ट्वाइलेट सफा गर्ने क्रममा निसासिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलियानपुर नगरपालिका १ निवासी ५० वर्षीय सुरज पासवान रहेका छन् ।
जिल्लाको बिष्णुपुर गाउँपालिका वडा न ४ थल्हाकटहामा ट्वाइलेट सफा गर्ने क्रममा निसासिएर पासवानको मृत्यु भएको हो । त्यस्तै, ३ जना बेहोस भएका छन् ।
करिब २० दिनअघि बनाइएको टोइलेट्को हदको ढक्कन खोलेर सफाइ गर्न प्रवेश गरेपछि अक्सिजन अभावले बेहोश भई एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार घाइते हुनेहरुमा सिरहाको सुखिपुर नगरपालिका ५ निवासी १८ वर्षीय राम सिहहेश्वर सदा, कलियानपुर नगरपालिका १ निवासी ४७ वर्षीय देवनारायण पासवान र स्थनिय राम औतार पासवान रहेका छन् ।
मृत्यु भएका पासवानको शव निकाल्न प्रवेश गरेका ३ जना बेहोस भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया