
काठमाडौँ, २४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोनामुक्र भएको जनाएको छ ।
योसहित निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।
त्यस्तै, देशभर थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ जना पुगेको छ ।
२४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया