९ कार्तिक २०८३, सोमबार

थप १ हजार ५६ जनामा कोरोना, १४ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ जना पुगेको छ ।

२४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ५१ जना पुगेको मन्त्रालयले जनाएको छ ।