
काठमाडौँ, २४ मंसिर । विवेकशील नेपाली र साझा पार्टीको एकता भएको छ ।
एकीकरणपछि नयाँ बनेको विवेकशील साझा पार्टीको घोषणा भएको छ । एकीकरणको घोषणा अनलाइनबाटै भएको हो ।
नयाँ बनेको पार्टीको अध्यक्ष रविन्द्र मिश्र तथा संयोजक मिलन पाण्डे चयन भएका छन् । मिश्र तत्कालीन साझाका तथा पाण्डे विवेकशीलका अध्यक्ष हुन् ।
नयाँ बनेको पार्टीको २६ सदस्सीय सचिवालय तथा १ सय ३० जनाको केन्द्रीय समिति बनेको छ । यी दुवै समितिमा तत्कालीन दुवै पार्टीका बराबर सदस्य रहेका छन् । सबै पदहरु बराबरीको आधारमा बाँडफाँट भएको हो ।















प्रतिक्रिया