
काठमाडौँ, २४ मंसिर । रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पताल र भैहरवाको भीम अस्पतालमा उपचाररत २ जना संक्रमित पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रूपन्देहीको सैनामैनाका ७३ वर्षीय पुरूष र अर्घाखाँची भूमिकास्थानका ४० वर्षीय पुरुष रहेका छन् ।
सैनामैनाका पुरुषलाई मंसिर २० गते कोरोना पुष्टि भइ २२ गते अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ ।
अर्घाखाँचीका पुरुष भने ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १७ गते अस्पतालमा भर्ना हुन आएका थिए । त्यही दिन उनमा संक्रमण देखिएको थियो ।















प्रतिक्रिया