न्युयोर्क, २४ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन् ।
उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड–१९ को बाटो भने मोड्ने बताएको बीबीसीले जनाएको छ । उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन् ।
२० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई १०० दिनसम्म मास्क लगाउन आग्रह गरे ।
मङ्गलवार नै अमेरिकी नियामकले फाइजर बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ ।
त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ ।
खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजररबायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो ।
यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको छ ।















प्रतिक्रिया