९ कार्तिक २०८३, सोमबार

माउण्ट इलेभेन ट्राभलको विधिवत उद्घाटन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ मंसिर । विश्वभर कोरोना महामारीले सुस्ताएको पर्यटन व्यवसाय विस्तारै सुरु हुने तरखरमा रहेको बेला ट्राभल एजेन्सीहरु स्थापना हुन थालेका छन् ।

सुस्ताएको आन्तरिक तथा वाह्य पर्यटनलाई सहयोग पु¥याउने हेतुले स्थापना गरिएको माउण्ट इलेभेन ट्राभल एण्ड टुर्स प्रा.लि.को आज विधिवत उद्घाटन भएको छ ।

गौशालास्थित विश्वास कम्प्लेक्समा ट्राभल एजेन्सीको उद्घाटन गर्दै ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीले माउण्ट इलेभेन ट्राभल स्थापनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप योगदान पुग्ने विश्वास गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

ट्राभलका सञ्चालक रमेश कुँवरले एकैदिन दुवई र काठमाडौंमा ट्राभल एजेन्सी स्थापना गरेर आन्तरिक र वाह्य पर्यटनलाई विस्तार गर्न आफुहरु लागी परेको बताए ।

लामो लकडाउन पश्चात कोरोनाको संक्रमणबाट सुरक्षीत हुँदै विश्व समुदायमा चहलपहल बढ्न थालेकोले त्यसको भरपुर उपयोग गर्दै पर्यटन व्यवसायमा टेवा पु¥याउने आफ्नो लक्ष्य रहेको कुँवरले बताए ।