
काठमाडौँ, २४ मंसिर । ३८ थान नक्कली लाइसेन्ससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोक सांगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो ।
उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गिरीको साथबाट नक्कली साइसेन्ससहित मोटरसाइकल, विभन्नि बैंकका चेक समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।















प्रतिक्रिया