काठमाडौं, २४ मंसिर । लोकसेवा आयोगले ३६० शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।
आयोगले निजामती सेवातर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका खुला तथा समावेशी पदहरूमा पदपूर्तिका लागि सूचना निकालेको हो ।
तोकिएको न्युनतम योग्यत पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
आयोगले न्याय, प्रशासन,परराष्ट्र, लेखापरीक्षण सेवामा शाखा अधिकृत माग गरेको छ ।











प्रतिक्रिया