२ कार्तिक २०८३, सोमबार

च्याम्पियन्स लिग फुटबलको अन्तिम खेलमा युभेन्ट्ससँग बार्सिलोना स्तब्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ मंसिर । च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ‘जी’को अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको छ ।

युभेन्टसले बार्सिलोनालाई ३–० गोलले हराएको हो । युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले २ र वेस्टन म्यानकेनीले एक गोल गरेका हुन् । सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोना विरुद्धको खेल खेलेका हुन् ।

मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा हेरिएको खेलमा युभेन्ट्सका रोनाल्डोले २ गोल गरेका हुन् । रोनाल्डोले च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पूरा गरेका छन् ।

सन् २०१६ पछि समूह चरणमा बार्सिलोनाले पहिलो पटक हारेको हो । समूह जीमा युभेन्ट्स र बार्सिलोनाले समान १५ अंक बटुलेका छन् ।

जितसँगै युभेन्ट्स समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ । बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा रहेको छ ।