१० कार्तिक २०८३, मंगलबार

महेन्द्रनगरमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २४ मंसिर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा वेवारिसे अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारस्थित विपद व्यवस्थापन केन्द्र भएर बग्ने नहरमा वेवारिसे अवस्थामा फेला परेका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मंगलबार दिउँसो वेवारिसे अवस्थामा भेटिएका उनको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनको पहिचान खुलेको छैन् ।