९ कार्तिक २०८३, सोमबार

एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बाँके, २३ मंसिर । नेपालगंज उपमहानगरपालिका १८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत रुपैडिया बाबागंज बस्ने २१ वर्षीय मोबिन अली र सोही ठाउँ बस्ने २१ वर्षीय सलवान अली रहेका छन् ।

केही मानिसहरुले एटिएम मेशिनमा चोरी गर्न लागेको भन्ने सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त एटिएम बुथ तोडफोड गरी भाग्न लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।