९ कार्तिक २०८३, सोमबार

आधा घाँटी रेटिएको अवस्थामा प्रधानाध्यापक श्रेष्ठको शव फेला

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ मंसिर । गोली हानी हत्या गरिएका भनिएका मोरङको मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द ’विप्लव’ समूहका कार्यकर्ताले उनको अपहरण गरेका थिए । श्रेष्ठको घरबाट करिब एक किलोमिटर टाढा जंगलमा उनको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

यसअघि गोली हानिएको बताए पनि प्रहरीले घटनास्थल पुगेर हेर्दा घाँटी रेटेर हत्या भएको अवस्था शव फेला परेको हो ।

विहान जंगलमा गोली चलेको आवाज सुनिए पनि श्रेष्ठको धारिलो हतियारले आधा घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, उनको हात अगाडि बाँधेको अवस्थामा शव भेटिएको हो ।

हत्यापछि हवाइ फायर गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शिक्षक श्रेष्ठलाई विप्लव कार्यकर्ताले विहान ६ बजे घरबाटै अपहरण गरेका थिए ।

मिक्लाजुङ मोरङको विकट पहाडी क्षेत्र हो जहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थिए ।

प्रहरीका प्रारम्भिक अनुसन्धानका आधारमा श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरिएको हुनसक्ने बताइएको छ ।