
काठमाडौँ, २३ मंसिर । नेत्रविक्रम चन्द विप्लव समूहले चन्दा माग्दा नदिएपछि मोरङका शिक्षक राजेन्द्र श्रेष्ठलाई गोली हानी हत्या गरेको खुलेको छ ।
मिक्लाजुङमा हत्या गरिएका शिक्षक श्रेष्ठलाई विप्लव समूहले चन्दा नदिएपछि हत्या गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । प्रहरीका अनुसार मंगलबार विहान मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लवका कार्यकर्ताले गोली हानेर हत्या गरेका हुन् । यद्यपि विप्लव समूहले हालसम्म घटनाको जिम्मा भने लिएको छैन ।
प्रअ श्रेष्ठ भने पूर्व माओवादी तथा हाल नेकपा समर्थक हुन् । घटनाबारे बुझ्न प्रहरीले टोली त्यहाँ पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
५४ वर्षीय प्रअ श्रेष्ठलाई मंगलबार बिहान ७ बजेतिर ४–५ जनाको समूहले घरबाट अपहरण गरेर लगेका थिए ।
घरबाट करिब १ किलोमिटर पर जंगलमा गोली चलेको आवाज सुनेपछि स्थानीय पुग्दा श्रेष्ठ मृत फेला परेका थिए ।















प्रतिक्रिया