९ कार्तिक २०८३, सोमबार

भक्तपुरमा कोरोनाबाट ११२ को मृत्यु, साढे ७ हजार निको

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । भक्तपुरमा कोरोना संक्रमण दर घटे पनि संक्रमितको मृत्यु हुने क्रम भने बढिरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरकाअनुसार हालसम्म जिल्लामा १ सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी भक्तपुर नगरपालिकामा ४२ जना रहेको छ । त्यस्तै मध्यपुर थिमीमा ३७ जना, चाँगुनारायणमा ८ र सूर्यविनायकमा २५ जना रहेका छन् ।

त्यस्तै, भक्तपुरमा कुल संक्रमितको संख्या ८ हजार ५ सय १९ जना पुगेको छ । जसमध्ये ४ हजार ८ सय ५ जना पुरुष र ३ हजार ७ सय १४ जना महिला रहेका छन् ।

त्यस्तै, ७ हजार ५ सय ८६ जना कोरोनामुक्त भएका छन् भने ८ सय २१ सक्रिय संक्रमित रहेका छन् ।