
काठमाडौं, २३ मंसिर । बलात्कार आरोप लागेका सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) लाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ ।
सोमबार जिल्ला अदालत सुनसरीले उनलाई सफाई दिँदै रिहा गरेको हो । सुनसरी जिल्लाको एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले उनलाई सफाई दिएको हो ।
उनलाई सफाई दिएसँगै विश्व हिन्दू परिषद् नेपालले गलत मनसाय राखी जबरजस्ती करणीको गम्भीर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय भएकाले कडा कारवाहीको माग गरेको छ ।
मंगलबार एक वक्तव्य जारी गर्दै परिषद्ले यस्तो माग गरेको हो । ‘हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुँदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारबाही थाल्नु प्रशासनमाथि नै प्रश्न चिन्ह खडा गर्छ । हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परीक्षण नै नगरीकन प्रशासनले कारवाही गर्नु शंकाष्पद रहेको छ’, वक्तव्यमा लेखिएको छ ।
बहुसंख्यक हिन्दूहरुको देशमा समेत साधुसन्तमाथि यस किसिमको षडयन्त्र एवं दुर्व्यवहार गरिनु चिन्ताजनक विषय भएको भन्दै परिषदले भनेको छ, ‘प्रशासनबाट गरिएको यस कृत्यको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ साथै हिन्दू आस्था एवं पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा) को चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दछ ।’















प्रतिक्रिया