२ कार्तिक २०८३, सोमबार

६३ वर्षीय पुरुषद्वारा उदयपुरमा ११ वर्षीया बालिका बलात्कृत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

उदयपुर, २३ मंसिर । ६३ वर्षका एक पुरुषले उदयपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ का ६३ वर्षीय सूर्य पोखरेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पोखरेलले ती बालिकालाई सोही ठाउँमा अवस्थित सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने प्रहरीको भनाइ छ ।

सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।