२ कार्तिक २०८३, सोमबार

सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका–९ सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका बस्ने १७ वर्षीय किशोर र सोही ठाउँ बस्ने १५ वर्षीय किशोर रहेका छन् ।

अनाधिकृत रुपमा पहुँच बनाई प्रचलित ऐन कानून विपरीतका कार्यहरु हुने गरेको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेका हो ।

अनुसन्धानको क्रममा अनधिकृत रुपमा सरकारी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्याकई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कसूर गरेको खुलेपश्चात उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की समेतको सहयोगमा पक्राउ गरेको प्रहरीको भनाइ छ ।