
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढिरहेको संविधानविरोधी गतिविधि र हिंसात्मक घटनाहरु रोक्नका लागि गणतन्त्रवादी शक्तिहरु एकजुट हुनपर्ने बताएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा केहीबेरअघि शुरु भएको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा संविधानको व्यवस्थाविपरीत हुने गरी राजावादीहरुले गरिरहेको प्रदर्शन र विप्लव समूहले बढाएको हिंसात्मक घटनाहरुले देशलाई गम्भीर समस्यामा लैजाने भन्दै त्यसकाविरुद्ध एकजुट हुन सबै राजनीतिक शक्तिहरुलाई आग्रह गरेका हुन् ।
बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पार्दै सो कुरा बताएका हुन् । पछिल्लो समय मुलुकभर राजतन्त्र पक्षधरको प्रदर्शन भइरहेको छ भने अर्कोतिर विप्लवले हिंसात्मक राजनीति जारी राखेको छ ।
सर्वदलीय बैठक शुरू हुनुअघि आजै बिहान मन्त्रिपरिषद बैठक समेत सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीले विभिन्न विषयहरुमा राष्ट्रिय सहमति र एकता कायम गर्न सर्वदलीय बैठकहरु आयोजना गर्दै आएका छन् । यसअघि उनले वैशाख ३१ मा देशको नयाँ नक्का जारी गर्दा पनि यस्तो बैठक आह्वान गरेका थिए ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया