२ कार्तिक २०८३, सोमबार

सुनको मूल्यमा एकैदिन १५०० रुपैयाँ वृद्धि, कति पुग्यो मूल्य ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । आज मंगलबार सुनको मूल्य एकैचोटी १ हजार ५०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ थियो ।

यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा १ हजार २०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि मंगलबार बढेर प्रतितोला १ हजार २३५ रुपैयाँ पुगेको छ ।